पोखरा म्याराथनका लागि पाँच लाख ३० हजार

Symbolic photo
Symbolic photo

भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा सञ्चालन हुने ‘पोखरा म्याराथन’ का लागि मञ्चको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च यूकेले रु पाँच लाख ३० हजार आर्थिक सहयोग प्रदान गरेको छ।

पोखरेली मञ्च यूकेका कोषाध्यक्ष कमल गुरुङले आज आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा सो रकम मञ्चका केन्द्रीय अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गरे। 

पोखरा म्याराथनलाई सहयोग गर्नु सबैका लागि गौरवको विषय भएको बताउँदै मञ्च कोषाध्यक्ष गुरुङले म्याराथनलाई विदेशमा रहेका पोखरेलीहरुले अपनत्व लिएको र वर्षेनी कार्यक्रम सफलताका लागि सहयोग गर्दै आएको बताए। 

मञ्चका अध्यक्ष गुरुङले सहयोगका लागि आभार व्यक्त गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोनाकाबीच विदेशबाट सहयोग प्राप्त भएकामा खुःशी व्यक्त गरे। 

कोरोनापछिको असहज अवस्थामा पनि आफूहरुले गत फागुन १ गते ४२ किमीको म्याराथन र महिलाको २१ किमीको हाफ म्याराथन सम्पन्न गरेको जानकारी दिँदै उनले अन्य इभेन्टहरु क्रमशः सञ्चालन गरिने स्पष्ट पारे।

विगतमा सबै इभेन्टहरु एकैपटक सञ्चालन हुने गरेकामा यस वर्ष कोभिडका कारणले फरक फरक मितिमा तय गरिएको बताइन्छ। 

अध्यक्ष गुरुङले सन् २०२४ सम्म पोखरा म्याराथनलाई म्याराथन दौडको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता गर्ने लक्ष्य लिएको बताउँदै यसबाट पोखरा सहित समग्र नेपालको प्रवद्र्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।  

ह्विल चियर तथा दृष्टिविहीन दौडको तयारी पूरा

पोखरा म्याराथन अन्तर्गत यही फागुन २२ गते शनिबार आयोजना हुने ‘ह्विल चियर’ महिला तथा पुरुष र दृष्टिविहिन महिला तथा पुरुष दौडको तयारी पूरा भएको मञ्चले जनाएको छ।

सो दौडअन्तर्गत ह्विल चियर महिला पुरुषतर्फ १५ र दृष्टि विहिनतर्फ ४५ जनाभन्दा बढीले नाम दर्ता गरिसकेको मञ्चका सचिव कृष्ण तिमिल्सिनाले जानकारी दिए। ह्लिचियर र दृृष्टिविहीनतर्फका दुवै इभेन्टमा विजेताले रु सात हजार, द्धितीयले रु पाँच हजार र तृतीयले रु तीन हजार पुरस्कार पाउनेछन्।

यसैगरी १० किमी महिला÷पुरुष दौड आगामी चैत १४ गते र पाँच किमी छात्र÷छात्रा दौड आगामी वैशाख ४ गते सञ्चालन गरिने आयोजकले जनाएको छ । १० किमी महिला÷पुरुष दौडमा विजेता रु १५ हजार तथा द्धितीय र तृतीयले रु १० हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछन्।

छात्र÷छात्रा दौडमा प्रथमले रु १० हजार द्धितीयले रु सात हजार र तृतीय हुनेले रु चार हजार पुरस्कार प्राप्त गर्ने मञ्चका प्रमुख कार्यकारी अधिकृृत केशव पाठकले जानकारी दिए। रासस 

प्रकाशित मिति: : 2021-03-04 21:19:00

प्रतिकृया दिनुहोस्