तनहुँमा औषधि उत्पादन गरिदै

Breaknlinks
Breaknlinks

तनहुँको व्यासनगरपालिका–१० स्थित सेवरमा पोखरा फर्मास्युटिकल प्रालिले औषधि उत्पादन गर्न भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिएको छ।

कोभिड–१९ का कारण निर्माण कार्यमा प्रभाव परेपछि आगामी असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको हो। 

करिब ४५ रोपनी क्षेत्रफलमध्ये बाह्र रोपनीमा भवन निर्माण गरिएको फर्मास्युटिकलका प्रबन्ध निर्देशक इन्द्र बानियाँले जानकारी दिए। भवनको ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ।

उनले भने, “भवन निर्माणपश्चात् करिब नौ महिनापछि औषधि बजारमा पुर्याउने योजना रहेको छ।” करिब रु ५० करोड बराबरको लगानीमा भौतिक संरचनाको निर्माण कार्य भइरहेको छ। 

औषधि विज्ञद्वारा औषधि उत्पादन क्षेत्रमा लगानी गरिएकाले गुणस्तर किसिमको औषधि उत्पादन हुनुका साथै सरल, सहज र सुपथ मुल्यमा बजारमा पुर्याइने उनको भनाइ थियो । । रासस

प्रकाशित मिति: : 2021-03-04 10:26:00

प्रतिकृया दिनुहोस्