झापाको कनकाई नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु छ भने चार जना घाइते भएका छन्।
मृत्यु हुनेमा कारमा सवार सुनसरी धरान–१६ का २८ वर्षीय चालक दीपक क्षेत्री र सोलु पासाङ–१ का ३० वर्षीय दिलीप रानामगर रहेका छन्।
को१ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा आज दिउँसो विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–००१ च ०१६७ नम्बरको कार र प्र१–०१–०१३प१७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा बेलुका ५ बजे मृत्यु भएको हो।
सो घटनामा सवार दिलीप रानामगरकी श्रीमती ३० वर्षीय अञ्जु मगर, सोही स्थानका ३० वर्षीय सुरेश मगर र मोटरसाइकलमा सवार झापा शिवसताक्षी–२ का ३९ वर्षीय ज्ञानबहादुर कसाई र मोटरसाइकलको पछाडि सवार उनकै श्रीमती ३० वर्षीया सोनम श्रेष्ठ घाइते भएका छन्।
घाइतेको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ मोरङ विराटनगर–१५ का ट्रक चालक प्रेमबहादुर वाइबालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।