प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि हट्दिनँ: देउवा

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताएका छन्।

चितवनमा बुधबार आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफूलाई  पदको लोभ नभएको तर जिम्मेवारी पाए नछोड्ने बताएका हुन्।

सभापति देउवाले काँधमा जिम्मेवारी आए नभाग्ने बताएका हुन् । उनले भने, ‘कांग्रेसले पदको लोभ पनि गरेको छैन । टाउकामा आयो भने भाग्ने पनि छैन । प्रधानमन्त्री पाउँ पनि भनेको छैन । आयो भने भाग्नेवाला पनि छैन ।’

प्रकाशित मिति: : 2021-03-03 16:18:00

प्रतिकृया दिनुहोस्