भारतिय चलचित्र क्षेत्रमा अभिनेत्री दीपिका पादुकोण सफल नायिकाको रुपमा परिचित छिन्। तर दीपिकाले यो सफलता त्यती सजिलै हात पारेकी होईनन्।
उनीसगँ काम गर्नलाई कुनै चलचित्र थिएन। तर जब अभिनेत्री मलाइका अरोडाले उनलाई 'ओम शान्ति ओम'को लागी प्रस्ताव गरिन्, तब उनको भाग्य चम्कियो।
चलचित्र 'ओम शान्ति ओम'ले बक्स अफिसमा राम्रै धमाका मच्चायो। त्यसपश्चात उनको फ्यान फलोअर्स ह्वात्तै बढ्यो।
चलचित्रको लागि दीपिका भन्दा पहिले प्रियंका चोपडा र सुष्मिता सेनलाई प्रस्ताव गरिएको थियो। तर उनीहरुले विविध कारणले चलचित्र 'ओम शान्ति ओम'मा काम गरेनन्। त्यसपश्चात बल्ल दीपिकालाई प्रस्ताव गरिएको थियो।