नयाँदिल्लीबाट स्वास्थ्य परीक्षण गरी फर्किए डा भट्टराई 

जनता समाजवादी पार्टीका संघीय परिषद् एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्य परीक्षणपछि काठमाडौं फर्केका छन्।

भारतको राजधानी नयाँदिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा उपचार गरी फर्केका हुन्।

पूर्वप्रधानमन्त्री भट्टराई स्वास्थ्योपचारका लागि १० दिनअघि आइतवार भारतको नयाँदिल्ली प्रस्थान गरेका थिए।

उनले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले नयाँदिल्लीमा त्यसको उपचारका ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ मा गएका थिए।

उनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको छ। डा. भट्टराईसँग उनी पत्नी पूर्वमन्त्री हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे थिए।

प्रकाशित मिति: : 2021-03-02 17:20:00

प्रतिकृया दिनुहोस्