दुर्गममा सेवा गरेका डाक्टरको नाम चिकित्सा आयोगको मेरिट लिस्टबाट गायब

थाहा खबर

काठमाडाैं

चिकित्सा आयोगले पुस १८ गते चिकित्सा शिक्षा अन्तर्गत स्नातकोत्तर अध्ययन गर्ने एमएस एमडी र बीडीएसको परीक्षा लियो। यसभन्दा अघि मेडिकल कलेजले आफैँ परीक्षार्थीको अध्ययन परीक्षा लिने गरेको थियो।

७ हजार ६ सय ८३ चिकित्सकले परीक्षा दिएका थिए। ५० प्रतिशत अंक ल्याउने परीक्षार्थीले देशभर रहेका ३९ वटामध्ये आयोगले सूचीकृत गरेको ११ वटा मेडिकल कलेजमा स्नातकोत्तर अध्ययन गर्न पाउनेछन्।

प्रकाशित नतिजामा ३६ जनाको नाम 'मेरिट लिस्ट' अर्थात प्राथमिकता सूचीमा निस्क्यो। परीक्षामा सहभागी हुँदा आयोगको निर्देशनअनुसार फारम भरेका र परीक्षा दिँदा 'मेरिट लिस्ट'मा निस्केकाको नाम हटाउँदा केही चिकित्सकहरू स्नातकोत्तर अध्ययन गर्नबाट वञ्चित भएका छन्

 

प्रकाशित मिति: : 2021-03-02 07:37:00

प्रतिकृया दिनुहोस्