सडक विस्तारको विरोधमा माइतीघरमा प्रदर्शन (भिडियाे/तस्बिरसहित)

शनि शाक्य

काठमाडौं

गैरन्यायिक सडक विस्तारको विरोधमा पीडितहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

सडक विस्तार पीडितहरु र नागरिक आन्दोलनले सोमबार बिहान माइतीघरमा प्रदर्शन गरेका हुन्।

कालिमाटी, लगनखेल–गोदावरी,बालाजु बाइपासलगायत सडक विस्तारको क्रममा पीडित भएकाहरु प्रदर्शनमा सहभागी छन्।

प्रदर्शनमा सहभागीहरुले ‘गैरन्यायिक सडक विस्तार मुर्दावाद, निर्दोष पीडितहरु तत्काल रिहा गर, स्वबासी भूमि पुत्रहरुलाई विस्थापन गर्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रकाशित मिति: : 2021-03-01 12:44:00

प्रतिकृया दिनुहोस्