केरुङ नाका आजदेखि खुल्ने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक केरुङ नाका आजदेखि पुनःसञ्चालनमा आउने भएको छ।  

ल्होसारदेखि बन्द रहेको केरुङ नाका आजदेखि खुल्न लागेको हो। सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त नाका पुनःसञ्चालनमा आउन लागेको हो।
 
रसुवा जिल्ला कोरोनामुक्त भइसकेको र भन्सार कार्यालय, सुरक्षा निकाय, ट्रक चालक र श्रमिकले कोरोनाविरुद्धको खोप लगाइसकेकाले महामारीको जोखिम नगण्य रहेको वास्तविकता चीनलाई बुझाउन तथा स्वास्थ्य जोखिम नरहेको विषयमा विश्वस्त पार्न परराष्ट्र मन्त्रालय र ल्हासास्थित महावाणिज्य दूतावासको पहलमा नाका पुनःसञ्चालनमामा आउन लागेको हो। 
 

प्रकाशित मिति: : 2021-03-01 06:32:00

प्रतिकृया दिनुहोस्