नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सर्वोच्च अदाललते गरिसकेको हुनाले राजनीतिक दलले संवैधानिक नैतिकता देखाएर मुलुकलाई राजनीतिक निकास र स्थिरतता प्रदान गर्न आग्रह गरेको छ।
बार एशोसिएशनको वार्षिक साधारणसभा तथा ४७औँ केन्द्रीय कार्यकारिणी परिषद्को यही फागुन १४ र १५ गते सम्पन्न भएको बैठकले जारी गरेको नौ बुँदे घोषणापत्रमा मुलुकलाई राजनीतिक निकास दिन आग्रह गरिएको हो।
नेपालको संविधानको धारा ११४ ले सङ्घीय संसदको दुबै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही सुधार गर्न आवश्यक परेमा मात्र अध्यादेश जारी गर्न सकिने व्यवस्था गरेको उल्लेख गर्दै जुनसुकै समय र अवस्थामा त्यसको प्रयोग नगर्न घोषणापत्रमा भनिएको छ।
घोषणापत्रमा संसदीय सुनुवाइबिना नै संवैधानिक निकायका पदाधिकारी नियुक्त गरिनु संविधानको मर्म र भावना विपरीत भएको जनाएको छ।। रासस