नेकपा विवादमा देउवा–पौडेल मिल्ती कसरी?

आयोमेल

काठमाडाैं

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस मुलुकको राजनीतिको केन्द्रमा आइपुगेको छ।

विभाजनको अवस्थामा पुगिसकेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहले नेपाली कांग्रेसको साथ खोजेका छन्।तर, नेकपा अझै आधिकारिक रूपमा विभाजन भइनसकेकाले कांग्रेसले आफ्नो ‘पोजिसन’ स्पष्ट पार्न चाहेको छैन।

नेकपाका ओली समूहका साथै प्रचण्ड–माधव समूहले भावी सत्तासमीकरणका लागि सहयोगको अपील गरिरहेकै बेला दुई दिनअघि सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कुन समूहसँग सहकार्य गर्ने भनेर अहिले ‘परिपक्व’ स्थिति नआएको निष्कर्ष निकाल्यो।

प्रकाशित मिति: : 2021-02-28 22:16:00

प्रतिकृया दिनुहोस्