आलिया भर्सेज प्रभासः कसले मार्ला बाजी? 

कोभिडको कारण लामो समय ठप्प रहेको भारतिय चलचित्र क्षेत्र विस्तारै उठन थालेको छ।

निर्माता तथा निर्देशकहरुले विभिन्न चलचित्रको रिलिज मिती सार्वजनिक गर्न थालेका छन्। त्यसो त पछिल्लो समय लगातार युटुबमा एकपछि अर्को चलचित्रको टिजर र ट्रेलर सार्वजनिक भईरहेका छन्।

यतिबेला बलिउड नायिका आलिया भट्टले अभिनय गरेको चलचित्र ‘गांगुबाई काथियावाडी’को टिजले युटुबको ट्रेन्डिङ लिड गरिरहेको छ। जुन भिडियो १ मिनेट ३१ सेकेन्डको मात्रै छ।

निर्माणपक्षले चलचित्र ‘गांगुबाई काथियावाडी’ आगामी जुलाई ३० तारिखमा रिलिज गर्ने घोषणा गरिसकेका छन्। 

तर त्यही मितीमा दक्षिण भारतिय चलचित्रका सुपस्टार  प्रभाष अभिनित चलचित्र ‘राधे श्याम’ पनि रिलिज हुने भएको छ।

चलचित्र ‘राधे श्याम’को निर्माण समुहले आगामी जुलाई ३०  तारिखमै चलचित्र रिलिज गर्ने घोषणा गरेका छन्। प्रभाषले अभिनय गरेका चलचित्र ‘बाहुबली’ र ‘बाहुबली-२’ले भारको सिंगो चलचित्र क्षेत्रमा नयाँ रेकर्ड कायम गरेको थियो। यसकारणपनि उनको नयाँ चलचित्र ‘राधे श्याम’ सगँ दर्शकहरुको धेरै अपेक्षा छ। 

अब भारतिय चलचित्रको बक्स अफिसमा यी दुई बहुप्रतिक्षित चलचित्र मध्ये कसले बाजी मार्ला? त्यो त रिलिज भएकै दिन थाहा होला। तर एकै दिन दुवै चलचित्र हेर्न भने दर्शकहरुलाई भ्याई-नभ्याई हुनेछ। 


 

प्रकाशित मिति: : 2021-02-27 17:52:00

प्रतिकृया दिनुहोस्