देउवा–पौडेलको ५० वर्ष लामो प्रतिस्पर्धात्मक दोस्ती

शिलापत्र

काठमाडाै‌ं

४ असोज २०५९ मा कांग्रेस विभाजन भई प्रजातान्त्रिक कांग्रेस घोषणा हुँदै थियो । वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नेता रामचन्द्र पौडेलको तीव्र प्रतीक्षा थियो । शेरबहादुर देउवाका आँखा बारबार ढोकातिर गइरहेका थिए । पार्टी विभाजनको सम्पूर्ण तयारीसम्म पौडेल सँगै थिए । अघिल्लो दिन बानेश्वरमा बद्रिनारायण बस्नेतको घरमा नयाँ पार्टी घोषणा गर्ने टुंगो लागेको थियो । 

त्यतिञ्जेलसम्म प्रजातान्त्रिक कांग्रेसको सभापतिमा पौडेलकै नाम थियो । तर, उनले अन्तिम समयमा धोका दिए । नयाँ पार्टी घोषणासभामा आउनुपर्ने पौडेल कालो मर्सिडिज चढेर महाराजगञ्जस्थित गिरिजाप्रसाद कोइरालाको निवास पुगे । सभापति कोइरालाले उनलाई तत्कालै उपसभापति बनाउने र महाधिवेशनमा सभापति बनाउने आश्वासन दिएपछि उनी मख्ख परे । कोइरालाको त्यो आश्वासन कार्यान्वयन त भएन नै त्यसले पौडेललाई देउवाको सभापति बन्न भने रोक्यो । 

पौडेल त्यो दिन देउवा क्याम्पमा नजानुका दुई कारण थिए । पहिलो, प्रधानमन्त्री देउवाप्रति उनी विश्वस्त हुन सकेनन् । माओवादी हिंसात्मक द्वन्द्व चर्किंदै जाँदा सरकारमा दरबारको हस्तक्षेपकारी छाया पर्न थालिसकेको थियो । राजा उनै ज्ञानेन्द्र शाह थिए, जोप्रति शंका गर्दै पौडेलले ‘माओवादी निर्मल निवासबाट सञ्चालित छ’ भनिदिएका थिए । यस्तोमा प्रधानमन्त्री हुने सम्भावना थिएन । दोस्रो, देउवाले सजिलै आफूलाई सभापति बनाऊलान् भन्नेमा पनि उनी ढुक्क थिएनन् । 

अघिल्लो दिन नयाँ पार्टी घोषणाका लागि उक्साएर आफैँ कोइराला क्याम्पमा पुगेपछि पुराना दौँतरीहरू रिसाउने नै भए । त्यसपछि कित्ताकाट भएका पुराना साथीहरू पौडेलसँग नजिक परेनन् ।  

प्रकाशित मिति: : 2021-02-27 11:56:00

प्रतिकृया दिनुहोस्