सुरुका अडिसनहरुमा लगातार रिजेक्सनको सामना गर्नु परेको नोराको खुलासा (तस्वीरसहित)

Photo : Nora instagram
Photo : Nora instagram

बलिउडकी मोडेल डान्सिग क्वीन नोरा फतेहीले सुरुकाअडिसनहरुमा लगाताररिजेक्सनको सामना गर्नुपरेको बताएकी छन्।

पछिल्लो समय उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ। भिडियोमा नोरा निकै भावुक देखिएकी छन्।  

भिडियोमा उनले भनेकी छन्, 'मलाई लागेको थियो भारत आएपछि मलाई लिन कार आउँछ अनि म अडिसनका लागि जानेछु। तर भारत आएपछि मलाई कसैले थप्पड हानेजस्तै भयो।'

उनले आँशु खसाल्दै भनेकी छन् , 'हरेक अडिसनमा रिजेक्सनको सामना गर्नुपरेको थियो। मलाई निर्देशकहरुले जानीजानी हिन्दीमा लेखिएको स्क्रीप्ट दिन्थे ता कि मेरो मजाक उडाउन सकियोस्। मलाई त्यसकारण निकै पीडा हुन्थ्यो।'

प्रकाशित मिति: : 2021-02-26 08:20:00

प्रतिकृया दिनुहोस्