को हुन् अनन्या ? जो दुई चलचित्रबाटै विश्वभर चर्चामा रहिन् (तस्वीर सहित)

बिएल संवाददाता

काठमाडाै‌ं
Photo : ananya instagram
Photo : ananya instagram

बलिउड नायिका अनन्या पाण्डेय त्यस्तो भाग्यमानी अभिनेत्री हुन्, जसले दुई वटा चलचित्रबाटै विश्वभर आफ्नो नामलाई चर्चामा राख्न सफल भईन्।

सन १९९८ अक्टुबर ३० मा जन्मिएकी अनन्या भारतिय कलाकार चंकी पाण्डेयकी छोरी हुन्। अनन्याले साउथ क्यालिफोर्नियाको विश्वविद्यालयबाट फेशन डिजाईन्मा स्नातक गरेकी छन्। 

'स्टुडेन्ट अफ दी ईयर-२' बाट बलिउड चलचित्रमा डेब्यु गरेकी अनन्याले छोटो समयमै राम्रो चर्चा बटुलिन्। हालसम्म उनले दुई वटा चलचित्रमा मात्रै काम गरेकी छिन्। तर उनको चर्चालाई हेर्ने हो भने विश्वभर उनका दर्शकहरु करोडौ संख्यामा छन्।

उनले 'पति पत्नी और वो' मा सहायक भुमिकामा काम गरिन्, तर उनको तारिफ मुख्य भुमिकामा रहेका कार्तिक अर्यान भन्दा बढि भयो।

सञ्चारमाध्यमहरुले केही महिना अघि अनन्याको तेस्रो फिल्म 'खाली पीली' आउन लागेको समाचार उल्लेख गरेका थिए। तर आजसम्म पनि आउन सकेको छैन। 

सुन्दरता र अब्बल अभिनयका कारण चर्चामा आएकी अनन्याको ईन्स्टाग्राममा ७.६ मिलिय फ्लोअर्स छन्। 

प्रकाशित मिति: : 2021-02-25 14:40:00

प्रतिकृया दिनुहोस्