ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु

मकवानपुरको हेटौंडा उपमहानगरपालिका –११ नवलपुरमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ।

बिहिबार बिहान ना ६ ख ४०४४ नम्बरको ट्रकले ठक्कर दिँदा ना १ ह ३४०८ नम्बरको टेम्पो चालक हेटौंडा–११ थानाभर्‍याङका ३६ वर्षीय खेमलाल श्रेष्ठको मृत्यु भएको हो।

चुरेहिलल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि फरार रहेका ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित मिति: : 2021-02-25 09:10:00

प्रतिकृया दिनुहोस्