‘घरज्वाइँलाई खानको धन्दा’ भनेझैं उही पुरानै कुर्सीको खेल सुरु हुने खतरा छ– भट्टराई

File Photo
File Photo

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा‍‍. बाबुराम भट्टराईले संसद् पुनर्स्थापनासँगै फेरि उही कुर्सीको खेल सुरु हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसलापछि राजनीति पुनः दलरनेताको हातमा पुगेको उल्लेख गर्दै फेरि सत्ताकै उही पुरानो खेल सुरु हुन सक्ने खतरा औंल्याएका हुन्।

‘सुप्रिम कोर्टपछि राजनीति पुनः दलरनेताको कोर्टमा पुगेको छ। घरज्वाइँलाई खानको धन्दा भनेझैं उही पुरानै कुर्सीको खेल सुरु हुने खतरा छ,’ डा. भट्टराईले भनेका छन्।

तर देशको आवश्यकता र जनताको चाहना दलरनेताले विगतका गल्तीबाट पाठ सिकेर नयाँ राष्ट्रिय सहमति गरुन् भन्ने रहेको भन्दै डा। भट्टराईलाई सबै दलरनेतालाई यसतर्फ सचेत गराएका छन्।

उनले भनेका छन्, ‘टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्न सक्छ। देशको आवश्यकता र जनताको चाहना दलरनेताले पाठ सिकुन्, नयाँ राष्ट्रिय सहमति गरुन् भन्ने छ है (चेतना भया)’।

सुप्रिम कोर्टपछि राजनीति पुन:दल/नेताको कोर्टमा पुगेकोछ।घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरूहुने खतरा छ।टाउको गन्ती,ज्योतिषको जोखाना,किनबेचको शृंखला चल्नसक्छ।देशको आवश्यकता र जनताको चाहना दल/नेताले पाठ सिकून्;नयाॅ राष्ट्रिय सहमति गरून् भन्ने छ है!चेतना भया!

— Baburam Bhattarai (@brb1954) February 25, 2021
प्रकाशित मिति: : 2021-02-25 07:58:00

प्रतिकृया दिनुहोस्