संसद् पुनर्स्थापना हुन्छ भनेर मैले पहिल्यै थाहा पाइसकेकाे थिएँ : देउवा

शिलापत्र

काठमाडाै‌ं

कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वाेच्चबाट संसद् पुनर्स्थापना हुने कुरा आफूले पहिल्यै थाहा पाइसकेकाे बताएका छन् । महेन्द्रनारायण निधिको जन्मजयन्तीकाे अवसरमा राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस सभापति देउवाले सर्वाेच्चले फैसला गर्नुअघि नै आफूलाई संसद् पुनर्स्थापना हु्ँदै गरेको कुरा थाहा पाएको बताएका हुन् । 

उनले भने, 'ओलीको कदम असंवैधानिक थियो । सर्वोच्चले संसद् पुनर्स्थापनाको फैसला गर्छ भन्ने कुरा मैले अलि अस्ति नै थाहा पाइसकेको थिएँ ।' सभापति देउवाले कांग्रेसकाे आगामी भूमिकाबारे पार्टी दलमा छलफल गर्ने बताए । उनले नेकपाका दुई समूहको कदमले कांग्रेसको आगामी भूमिका स्पष्ट पार्ने पनि बताए । 

प्रकाशित मिति: : 2021-02-24 17:31:00

प्रतिकृया दिनुहोस्