शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजीनामा दे भन्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने स्पष्ट पारेका छन्।
पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मन्त्री श्रेष्ठले यो अवस्थामा प्रम ओलीले कुनैपनि हालतमा राजीनामा नदिने दोहो-याए।
उनले भने, ‘राजीनामा दिने हामी कायर हो ?, कुनैपनि हालतमा राजीनामा आउँदैन। प्रधानमन्त्रीले अविश्वासको प्रस्ताब फेस गर्नुहुन्छ।'
संसद सुचारु भएपछि प्रकृयामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले फेस गर्ने बताए।
भने, ‘अदालतले गरेको निर्णयलाई हामीले सम्मान गर्छौं तर यो निर्णयले झन् विवाद बढाएको छ’, सिटिइभीटीको ३३ र्औ वार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै उने भने, ‘हामी जनताबाट आएका हौं, जनताले नै अहिलेको संकटकालीन अवस्थाको मुल्याङकन गर्नेछन्।’
संसद पुनस्थापना भए लगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाडेको उल्लेख गर्दै सपना बाँड्दैमा कोहीपनि प्रधानमन्त्री हुन नसक्ने स्पष्ट पारे। अबको प्रधानमन्त्री पनि केपी ओली नै हो, उहाँले नै निर्वाचन गराउँनुहन्छ’, उनले भने।
‘हामीले १३ गते फैसला आउने अपेक्षा गरेका थियौं, प्रधानमन्त्रीले जन्मदिन मनाइरहेको बेला एकाएक फैसला सुनाउँदा गलत भएको छ।’
अदालतको फैसलापछिको विष्लेषण गर्दै उनले भने, ‘अब सबै खेल मैदानबाट छिनोफानो हुनेछ। अदालतको फैसलाबाट राजनीतिक मैदान खुला भएको छ। हामी मैदानमा उत्रिएका छौं, खेल खेल्ने तयारीमा छौं। हामीले गोल गरेरै देखाउँछौ।’
उनले भने, ‘नैतिकताको आधारमा मन्त्रीले राजीनामा दिनुपर्छ भन्दै फेसबुकमा स्टाटस लेख्ने र सडकमा कुर्लिनेहरुलाई सरकारको तर्फबाट मेरो यो जवाफ छ कि सक्छौ भने अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाउ।’
सुन हो कि पित्तल, हिरा हो कि शिसा भनी नक्कली र सक्कली भनी छुट्टयाउन सक्ने क्षमता जनतामा भएको बताउँदै अहिले आन्दोलन गरेर हिँड्ने गुट नक्कली भएको टिप्पणी गरे।
उनले भने, ‘काग भएर मयुरको प्वाख राखेर कराउँदै हिंडेका छन्। जनताले असली मयुर चिनेर प्वाँख हाल्ले मयुररुपी काग बन्नेलाई धिक्कार गर्नेछन्।’
उनले मुलुक राजनीतिक संकटतर्फ धकेलिएको संकेत गर्दै यस्लाई रोक्ने काम ओली सरकारको भएको चर्चा गरे। उनले भने, ‘यो अवस्थामा प्रधानमन्त्री ओलीले जनतालाई साक्षी राखेर समस्या समाधान गर्नुहुन्छ।’