जो वाइडेनद्वारा क्यानाडाका प्रधानमन्त्री ट्रुडोसँग द्विपक्षीय भेट

अमेरिकी राष्ट्रपति जो वाइडेनले आफ्नो पदभार ग्रहण गरेपछि पहिलो पटक क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग द्विपक्षीय भेट गरेका छन्।

यी दुई नेताहरूले जलवायु परिवर्तन र चीनको आपसी नीतिबारे छलफल गरेका थिए।  

उनीहरुले सन् २०३० सम्ममा शुद्ध शून्य उत्सर्जन प्राप्त गर्न जलवायु लक्ष्यलाई मिलाउने प्रतिज्ञा पनि गरे।

क्यानाडा अक्सर अमेरिकी राष्ट्रपतिको पहिलो विदेश यात्राको लागि छानिएको गन्तव्य स्थल हो। तर कोभिड–१९ ले वाइडेनको योजनालाई पर सारेको थियो।

प्रकाशित मिति: : 2021-02-24 12:52:00

प्रतिकृया दिनुहोस्