बेइजिङ अदालतकाे ऐतिहासिक फैसला, घरमा काम गरेबापत श्रीमतीलाई पारिश्रमिक दिनू

GETTY IMAGES
GETTY IMAGES

बेइजिङको अदालतले घरमा काम गरेबापत श्रीमतीलाई पारिश्रमिक दिन आदेश दिएकाे छ।

एक जना पुरुषलाई आफ्नी पत्नीले गरेको घरायसी कामको क्षतिपूर्ति तिर्न आदेश दिएको हाे। यो फैसला चीनले नयाँ नागरिक संहिता लागू गरेपछि आएको हो।

 यो एउटा ऐतिहासिक फैसला मानिएकाे छ। ती महिलाले पाँच वर्षको काम गरेबापत ५० हजार युआन (७ हजार ७ सय अमेरिकी डलर, ५ हजार ४६० पाउण्ड) पाउनेछिन्।

यस मुद्दाले घरेलु कामको मूल्यबारे अनलाइनमा ठूलो बहस उत्पन्न गरेको छ। कसै-कसैले क्षतिपूर्ति रकम एकदमै कम भएको बताएका छन्।

अदालतका अनुसार सन् २०१५ मा विवाह गरेपछि चेन नाम गरेका व्यक्तिले गत वर्ष आफ्नी पत्नी वाङबाट सम्बन्धविच्छेदका गरिदिन निवेदन दिएका थिए।

सुरुमा त तिनी सम्बन्धविच्छेद गर्न हिचकिचाउँथिन् तर पछि आफ्नो छोराको लागि कुनै घरायसी काम वा बच्चास्याहारको जिम्मेवारी वहन नगरेको तर्क गर्दै आर्थिक क्षतिपूर्ति मागेकी थिइन्।

प्रकाशित मिति: : 2021-02-24 12:38:00

प्रतिकृया दिनुहोस्