कक्षा १० को एसईई परीक्षा जेठको तेस्रो साताबाट

Photo : examsanjal
Photo : examsanjal

२०७८ सालको एसईई जेठको तेस्रो साता र कक्षा १२ को परीक्षा अन्तिम साता हुने भएको छ। 

एक साताको फरक राखेर वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी थालेको हो। चैतभित्र परीक्षाको कार्यतालिकाबारे औपचारिक रूपमा निर्णय गरिने बोर्डका उपाध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए।

विगतका वर्षमा चैतमा एसईई र वैशाखमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरिएको थियो ।

प्रकाशित मिति: : 2021-02-24 08:34:00

प्रतिकृया दिनुहोस्