सर्वोच्च अदालतको फैसला स्वागतयोग्य: शेरबहादुर  देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसलाको स्वागत गरेका छन्।

फैसलालगत्तै उनले ट्वीट गरे, ‘सर्वाेच्च अदालतको फैसला स्वागतयोग्य छ। मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनुपर्छ भन्दै आएको थिएँ। सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ।’ 

उनले संविधान कार्यान्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालत नै भएको पनि बताएका छन्। ‘सर्वोच्चले संसद् विघटन बदर गरेर संवैधानिक दायित्व पूरा गरेको छ’, उनले भनेका छन्, ‘यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायाधीशहरुलाई पनि म धन्यवाद दिन चाहन्छु।’

प्रकाशित मिति: : 2021-02-23 19:20:00

प्रतिकृया दिनुहोस्