हड्डीलाई बलियो बनाउन सेवन गर्नुहोस्, यी चिज !

बिएल संवाददाता

काठमाडाै‌ं
Dairy council of califonia

शरीरको हड्डी स्वस्थ रहनु भनेको शारीरिक रुपमा स्वस्थ हुनु हो। बलियो वा मजबुत हड्डीले हाम्रो स्वस्थ जीवनमा धेरै महत्त्वपूर्ण भूमिका खेल्दछन्। बढ्दो उमेर संगै हाम्रो हड्डीहरु पनि कम्जोर हुदै जान्छन् र आफ्नो लचिलोपन गुमाउँछन्। 

त्यसैले आफ्नो स्वास्थ्यमा ध्यान दिन धेरै महत्त्वपूर्ण छ। खाने र पिउने कुरामा ध्यान दिएर, हामी हाम्रो हड्डीहरूलाई बलियो बनाउन सक्छौं। खानामा ध्यान दिनु भनेकै सर्वप्रथम त अत्यधिक रुपमा जंक फूड खानबाट टाढा रहनु र लगातार धुम्रपान नगर्नु हो। 

केहि प्राकृतिक तरिकाहरूबाट हड्डीलाई बलियो बनाउन सकिन्छ। त्यसैले आउनुहोस्, चर्चा गरौं, सोबारे। जसलाई तल दिइएको छ। 

नियमित रुपमा व्यायाम गर्नुहोस: 
नियमित रुपमा व्यायाम गर्नाले स्वास्थ्यमा सुधार हुन्छ। स्वास्थ्य राम्रो हुनुका साथसाथै हड्डीहरू पनि फिट हुन्छन्। हड्डीहरूमा कुनै प्रकारको सूजन हुनेछैन र शक्तिशाली हुनेछन्।

क्याल्सियम युक्त खानेकुराहरुको प्रयोग गर्नुहोस: 
बलियो हड्डीको लागि, खानामा क्याल्सियम प्रशस्त मात्रामा हुनु धेरै महत्त्वपूर्ण छ। यदि पनीर, भिंडी, चीज, बदाम, मटर, सिमी, आदि खाने हो भने हड्डी फ्राक्चर हुनुबाट र रोगहरूबाट बच्न सकिन्छ।

भिटामिन-डी, ई र के को अधिक सेवन गर्नुहोस: 
सूर्यको किरणहरू सही मात्रामा बिहान ८ देखि साँझ ४ बजेसम्म पाउन सकिन्छ र यो समय भिटामिन-डी लिनको लागि उत्तम समय हो। अर्को तरिका भिटामिन-ई पाउनका लागि समृद्ध खाना जस्तै च्याउ, सोया दूध, सुन्तला, गाईको दुध र प्रशस्त मात्रामा अण्डाहरू लिन सकिन्छ। त्यसैगरी, भिटामिन-के युक्त खाद्य पदार्थ जस्तै फूलकोभी, अंकुरित, ब्रोकाउली र अन्न, यी सबै हड्डीहरूको विकासको लागि लाभदायक हुन्छन्।

प्रोटीन युक्त खानेकुरा खानुहोस्: 
प्रोटीनले हड्डी भाचिनु वा फ़्र्यक्चर हुने जोखिम कम गर्दछ र यसले हड्डीको घनत्व बढाउँछ। यसले हड्डीहरूसँग सम्बन्धित थप रोगहरूलाई कम गर्न मद्दत गर्दछ। प्रोटीन शेक, प्रोटीन बारहरू र सबै अन्य प्रकारका प्रोटीनयुक्त खानेकुराहरू खानुपर्छ।

अधिक हरियो पात भएको तरकारीहरू खानुहोस्, चिनी र क्याफिनबाट बच्नुहोस्:
 हरियो सागपात अधिकतम मात्रामा खानुपर्छ। हरियो पात भएको तरकारीहरुमा प्रचुर मात्रामा खनिज र पौष्टिक तत्त्व हुन्छ, जसले हड्डीलाई पोषण दिन्छ। अर्कोतर्फ, यदि चिनी, कफी र मदिरा सेवनमा ध्यान दिने हो भने यो हड्डीहरूको लागि बोनस हुनेछ।

खानामा म्याग्नीशियमको प्रयोगले जिंकको मात्रा बढाउँदछ:
 हड्डीहरू केवल क्याल्सियमको कमीको कारणले कमजोर हुँदैनन्। जिंक र म्याग्नीशियम हड्डीहरूलाई बलियो राख्नको लागि पनि आवश्यक छ।  जिंक, बोन बिल्डिंग सेल्सको निर्माण र विकासको लागि अति आवश्यक छ। अलसी, कस्तूरी मेथी, माछा, लौका, गाढा चकलेट, अन्न, आदि सबै म्याग्नीशियम र जिंकको समृद्ध स्रोतहरू हुन्।

प्रकाशित मिति: : 2021-02-23 13:55:00

प्रतिकृया दिनुहोस्