ओली पक्षका नेताहरु बसेको घरमा आक्रमण र गाडी तोडफाड

Photo : ncp
Photo : ncp

गएराति काभ्रेको चौरीदेउरालीमा ओली पक्षका नेता  र कार्यकर्ता बास बसेको घरमा आक्रमण भएको छ।

संगठन विस्तार गर्न चौरीदेउराली पुगेका नेकपा ओली पक्षका नेताहरु बास बसेको घर र नेताहरु चढेको गाडी तोडफाड भएको हो।

ओली पक्षको (आज) सोमबार वडा समिति गठन गर्ने कार्यक्रम छ। सोही कार्यक्रमका लागि आइतबार पुगेका ओली पक्षीय नेताहरु बास बसेको स्थानीय तिलकको घरमा आक्रमण भएको हो।

आक्रमणकारीहरु २०–२५ वटा मोटरसाइकलमा आएको र तिनीहरुले बास बसेको घरमा ढुंगा हान्नुको साथै गाडी तोडफोड गरेको जनाईएको छ।

ओली समूहका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सो आक्रममणको पुष्टि गरेका छन्।

प्रकाशित मिति: : 2021-02-22 06:10:00

प्रतिकृया दिनुहोस्