रुबिनाले जितिन् ३६ लाख नगद सहित 'बिग बोस' को उपाधी 

Photo : indianexpress
Photo : indianexpress

रुबिना दिलैकले भारतको रियालिटी सो बिग बोसको १४औं सिजनको उपाधी जितेकी छन्।  उनले भारु ३६ लाख नगद प्राप्त गरेकी हुन्।

रुबिना यसअघि टीभी सिरियल ‘छोटी बहू’ की चर्चित अभिनेत्री थिइन्। यस्तै राहुल वैद्य बिग बोसको फर्स्ट रनर अप बनेका छन्। इन्डियन आइडलको पहिलो सिजनमा पनि उनी उत्कृष्ट तीनमा परेका थिए।

बिग बोसको यो सिजनमा रुबिनाको दम्पतीले नै प्रतिस्पर्धामा भाग लिएका थिए। उनका पति अभिनव शुक्ला पनि सिरियल ‘छोटी बहू’बाटै चर्चामा आएका कलाकार हुन्।

यस्तै निशान्त सिंह मलकानी, राखी सावन्त, जस्मिन भसिन, सारा गुरपाल, पवित्रा पुनिया, जान कुमार सानु, शहजाद देओल, निक्की तम्बोली र एजाज खान बिग बोसमा सहभागी थिए।
 

प्रकाशित मिति: : 2021-02-22 05:51:00

प्रतिकृया दिनुहोस्