पूर्व राजा-रानी नाचेको भिडियो 'सामाजिक सञ्जाल'मा भाइरल

बिएल संवाददाता

काठमाडाै‌ं

लामो समयदेखि मिडियाबाट टाढा रहेका बसेका राजपरिवारको फोटोहरु कहिलेकाही आक्कल झुक्कल सामाजिक सञ्जालमा देखिरहन्छन्।

केहि समय पहिले काठमान्डौको त्रिसरा रेष्टुरान्टमा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहको फोटोले राम्रै चर्चा पाएको थियो।

बेलाबेला विभिन्न कारणले चर्चामा आईरहने पूर्वयुवराज पारस शाह हिजोआज शान्तै छन्। बरु यतिबेला फेरी पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्य लक्ष्मी शाहले नाचेको भिडियो फुटेजले 'सामाजिक सञ्जाल'मा राम्रै चर्चा पाईरहेको छ।

झापाको एक होटेलमा पूर्व रानी कोमलको ७१ औं जन्मोत्सवका अवसरमा राजपरिवारका सदस्यहरुले फागुनको ७ गते साँझ ग्यादरिगं पार्टी आयोजना गरेका थिए। उक्त पार्टीमा पूर्व राजा र पूर्व रानी नाचेको भिडियो यतिबेला भाइरल बनेको छ।

भिडियोमा चाँदनी शाहको शब्द र तारादेवीको स्वर रहेको ‘शुभकामना भरी हरेक स्वासमा तिम्रो दीर्घायुको कामना गर्न सकुँ म’ गीतमा पूर्वराजा र रानीले हात समाएर नाचेको दृश्य देख्न सकिन्छ।

भिडियोमा उनीहरुको छेवैमा ज्ञानेन्द्रका ९२ वर्षीष आमापनि देखिएकी छन्। भिडियोमा उनीहरुको नाचसँगै खुशी र रोमाञ्चकको भाव प्रकट भएको छ।

प्रकाशित मिति: : 2021-02-21 21:18:00

प्रतिकृया दिनुहोस्