सडकमा सेना : नियमित अभ्यासले बढायो सन्त्रास !

बाह्रखरी

काठमाडाै‌ं

काठमाडौँ । नेपाली सेनाले माघ १८ गते सामाजिक सञ्जालमार्फत एउटा सूचना सार्वजनिक गर्‍यो– नेपाली सेनाको नियमित अभ्यास योजनाअनुसार यही माघ १९ गते राति बख्तरबन्द गाडीहरुले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको । त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरुबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको जानकारी गराउदछौँ ।”

नेपाली सेनाका प्रवक्तामार्फत सार्वजनिक भएको उक्त सूचनाप्रति टिप्पणी गर्नेहरुमध्ये धेरैले सेनाप्रति आशंका गरेका छन् भने कतिपयले अघिल्ला वर्षहरुमा किन गरिँदैनथ्यो ? माघ १९ कै दिनमा गर्नुपर्ने कारण के ? भर्खरै म्यानमारमा सैनिक ‘कू’ भएको छ नेपालमा किन निस्कनुपर्ने ? लगायतका जिज्ञासा राखेका छन् । तर त्यसपछि सोही विषयमा सेनाका तर्फबाट कुनै औपचारिक जानकारी गराइएको छैन ।

माघ १९ गते राति सेनाका बख्तरबन्द गाडीले काठमाडौंको चक्रपथ परिक्रमा गरे ।

त्यसयता लगातारजसो सेनाका गाडी सडकमा देखिएका छन् भने कैयौँ ठाउँमा नियमित गस्तीजसरी नै सेना हिँडेको देखिन्छ ।

अस्थिर राजनीति र गहिरिँदो संकटका बेला सेनाको उक्त क्रियाकलापप्रति धेरैको आशंका छ– सरकारले संकटकाल लगाउन लागेको त होइन ?

प्रकाशित मिति: : 2021-02-21 09:35:00

प्रतिकृया दिनुहोस्