लोभलाग्दो मार्खु

सेतोपाटी

काठमाडौँ

सुसन चौधरी

साताको एक दिन बिदा, प्रायः लुगा धुँदै, घाम ताप्दै बित्छ। अघिल्लो हप्ता घरका सबै कामकाज पन्छाइ म र साथीहरू मार्खु घुम्न हिड्यौं।

नारायणी अञ्चल, मकवानपुर जिल्लामा पर्ने मार्खु काठमाडौंबाट २-३ घन्टामै पुग्न सकिने गन्तव्यमध्ये एक हो। शनिबार बिहानै गई दिनभरी घुमेर बेलुकी फर्किन मिल्ने नजिकैको ठाउँ।

हामीले मार्खु यात्रा बल्खु चोकबाट सुरू गर्‍यौं। पुरानो बसपार्कबाट मार्खुसम्म सार्वजनिक गाडी पनि जान्छ। बल्खुबाट पनि सिधै उतैसम्मको गाडी १०-१५ मिनेटको अन्तरालमा पाइन्छ। आफ्नै सूरले यात्रा गर्न खोजेकाले हामी दुइटा स्कुटर लिएर हिड्यौं। 

बल्खुबाट मार्खु पुग्ने दुरी गुगल म्यापअनुसार ३८.२ किलोमिटर छ। अर्थात् झन्डै दुई घन्टा यात्रा। बिस्तारै जाने हो भने तीन घन्टा पनि लाग्न सक्छ। 

हामी यात्रा सुरू गर्दै बल्खुबाट चोभारतर्फ लाग्यौं। बीचमा केही बाटो धूलो र खल्ड्याङ-खुल्डुङ भए पनि पक्की रोड चोभारसम्मै छ। चोभारबाट हामीले फर्पिङको रोड समात्यौं। पहिल्यै स्कुलबाट पिकनिक आउँदा यही फर्पिङ साह्रै टाढा लागेको थियो। अहिले स्कुटरमा सोही ठाउँ कति नजिकै र सजिलै पुग्यौं।

फर्पिङसम्मको बाटो उस्तै रहेछ। सबै पिच गरिएको सानो सडक तर हल्का उफार्ने।

प्रकाशित मिति: : 2021-02-20 13:31:00

प्रतिकृया दिनुहोस्