भुटानमा सैन्य 'कू' गरी सत्ता हातमा लिन असफल प्रयास गर्ने एक सैनिक अधिकारीसहित दुई जना पक्राउ परेका छन्। उनीहरू प्रहरी नियन्त्रणमा छन् । सैन्य 'कू' प्रयास असफल भएको छ।
भुटान प्रहरीले सैन्य 'कू'को प्रयासमा लागेका राजपरिवारका पूर्वअंगरक्षक थिन्ले तोकगे, सर्वोच्च अदालतका न्यायाधीश कूयनले छिरिङ, जिल्ला न्यायाधीश यसे दोर्जीलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ।
कार्यरत सैन्य प्रमुख र मुख्य न्यायाधीशलाई हटाउने योजना बनाएको आरोपमा उनीहरूलाई हिरासतमा लिएको च्यानल न्यूज एसियाले जनाएको छ।
चीन र भारतको बीचमा रहेको हिमाली राज्य भुटान भू–राजनीतिले नेपाल जतिकै संवेदनशिल मानिन्छ।
भुटानमा सैन्य प्रमुख र मुख्य न्यायाधीशलाई भ्रष्टाचार गरेको आरोपमा फसाउने योजना बनाएको बताइन्छ। उनीहरुलाई पक्राउ गरि अदातल समक्ष बुझाएको छ।
पर्यटनका लागि स्वर्ग मानिने भुटानमा ७ लाख ५० हजार जनसंख्या रहेको छ।