संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हटाएको कि लुकाएको ?

अनलाइनखबर

काठमाडौं

५ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै गरेको मुद्दामा सर्वोच्च अदालत, संवैधानिक इजलासमा भइरहेको बहस अन्तिम चरणमा छ ।

रिट निवेदक र विपक्षीको बहस सकिएपछि अदालतको साथी (एमिकस क्युरी) ले बहस थालेका छन् । नेपाल बार एशोसिएसनबाट चयन भएका एमिकस क्युरी वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका छन् । यद्यपि मैनालीको बहस भोलि पनि हुनेछ ।

प्रकाशित मिति: : 2021-02-18 06:06:00

प्रतिकृया दिनुहोस्