कोरोनाविरुद्धकाे खोप किन्न स्वास्थ्य मन्त्रालयले पायो एक अर्ब

पछिल्लो समय कोरोनाविरुद्धकाे खोप बने सँगै विश्वभरका जनताले खुशी व्यक्त गरिरहेका छन्।

नेपालीहरुको लागि पनि कोरोनाविरुद्धकाे खोप किन्न अर्थ मन्त्रालयले १ अर्ब बजेट स्वीकृत गरेको छ। यसअघि पनि अर्थ मन्त्रालयले कोरोना खोप खरिद गर्न  स्वास्थ्य मन्त्रालयलाई ५० करोड प्रदान गरिएको थियो। ५० करोड रुपैयाँ थप गरिएको अर्थ मन्त्रालयले जनाएको छ।  

अर्थ मन्त्रालयले सरकारद्वारा कोरोना खोप खरिद गर्न खोलिएको कोषमा ५० करोड रुपैयाँ जम्मा गरेको थियो। जुन रकम  स्वास्थ्य मन्त्रालयले खोप खरिदमा प्रयोग गर्नेछ। 

प्रकाशित मिति: : 2021-02-17 22:19:00

प्रतिकृया दिनुहोस्