आर्मी र पुलिसको बराबरी, दुई खेल अगावै एपीएफलाई उपाधि

बिएल संवाददाता

काठमाडाै‌ं
Photo - ANFA
Photo - ANFA

विभागीय टिम सशस्त्र क्लब (एपीएफ)ले दुई खेल अगावै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा अर्को  विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले १–१ गोलको बराबरी खेलेपछि एपीएफ च्याम्पियन बनेको हो।

आर्मीले पुलिसलाई हराएको भएका एपीएफलाई अर्को खेलको नतिजा कुर्नु पर्ने थियो। जारी लिगमा एपीएफको १० खेलमा ३० अंक रहेको छ। 

अब एपीएफले बाँकी दुई खेल गुमाएपनि उपाधि आफ्नो बनाउनेछ। 

एपीएफले आजै विराटनगरसँग खेल्दैछ। पुलिससँग अंक खोसेको आर्मीले पनि उपविजेताको स्थान पक्का गरेको छ।

दोस्रो स्थानको आर्मीले ११ खेलमा २६ अंक जोडेको छ।

विराटनगर महानगरपालिका १६ अंकसहित तेस्रो स्थानमा रहेको छ।पुलिस ११ खेलमा १५ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ।

प्रकाशित मिति: : 2021-02-17 15:34:00

प्रतिकृया दिनुहोस्