नेकपाको ओली समूहमा डेपुटीको दौडमा को-को ?

याेगेश ढकाल

काठमाडाै‌ं

विभाजित नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको डेपुटी कमाण्ड पार्टीभित्र कसको काँधमा आउँला ? सरकारमा डेपुटीको कमाण्ड ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मा लिएर नै सम्हालिरहेका छन् । तर ओली नेतृत्वको नेकपाको डेपुटी कमाण्डको जिम्मा भने ओलीले अहिलेसम्म कसैलाई दिएका छैनन् ।

त्यसैले पार्टीमा ओलीपछिको दोस्रो वरीयताको नेता को होला भन्ने चासोको विषय भएको छ । ओली नेतृत्वको नेकपामा डेपुटी कमाण्डको सपना देखेका नेताको सख्या आधा दर्जनभन्दा बढी छ ।

पूर्वमाओवादी पृष्ठभूमिका रामबहादुर थापा 'बादल' ओलीको डेपुटी अर्थात् ओली नेतृत्वको नेकपाको दोस्रो वरीयताको नेताका दाबेदार हुन् । बादललाई ओलीले सहअध्यक्ष बराबरको पदको आश्वसन दिएर भित्र्याएका थिए । ९ पुसमा ओली समूहमा खुल्नुअघि बादलले प्रचण्ड र माधव नेपालसँग संवाद गरेका थिए ।

बानेश्वरको एक होटलमा भएको त्यो संवादमा बादलले ओलीले दोस्रो बरियता दिने आश्वसन दिएको संकेत गरेका थिए । र, त्यतिबेला प्रचण्ड र माधव नेपालले ओलीले जुन पद दिन्छन् त्यही पदमा दिने आश्वसन दिएका थिए ।

तर बादलले त्यसको सुनवाइ गरेरन्, ओलीको सहअध्यक्ष बराबरको पदको लोभमा ओली समूहमा खुले । तर अहिलेसम्म बादललाई ओलीले दोस्रो वरीयताको जिम्मेवारी दिने संकेत दिएका छैनन् । उल्टै ईश्वर पोखरेलभन्दा तल्लो वरीयतामै निरन्तरता दिएका छन् । ओली बादललाई दोस्रो वरीयता दिने पक्षमा छैनन् भन्ने प्रष्ट संकेतचाहिँ २३ माघमा देखियो ।

ओलीले शक्ति प्रदर्शनको रुपमा काठमाडौंमा गरेको आमसभामा बादलले तेस्रो वरीयताको हैसियतमा सम्बोधन गरे । त्यसअघि सभागृहको एक कार्यक्रममा पनि बादलले तेस्रो वरीयताको हैसियतमै सम्बोधन गरेका थिए ।

नेकपाको सचिवालय सदस्यको हैसियतमा बादलभन्दा सिनियर नेता हुन् ईश्वर पोखरेल । ओलीले बादललाई पूर्वमाओवादीको प्रतिनिधित्व गराउने नाममा पोखरेलभन्दा सिनियर बनाउने आश्वसन दिएका थिए ।

बादल नआउने अवस्थामा ९ सदस्यीय सचिवालयमा ३ जनामात्रै ओली समूहमा रहने भएपछि ओलीले दोस्रो वरीयताको आश्वसनमा बादललाई भित्र्याएका थिए । अध्यक्ष प्रचण्डलाई नेता मान्न अफ्ठ्यारो मानेका पोखरेलले बादललाई स्वीकार्ने संभावना कम रहेको ओली समूहकै एक नेताको टिप्पणी छ ।

प्रकाशित मिति: : 2021-02-17 08:39:00

प्रतिकृया दिनुहोस्