पूजा, आराधना र अक्षर आरम्भ गर्दै मनाइयो श्रीपञ्चमी (फोटो फिचर)

शनि शाक्य

काठमाडाैं

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व हिन्दू धर्मावलम्बीले भव्य रुपमा मनाएका छन्। मंगलबार सबेरैदेखि विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरिएको छ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्।

आजैको दिन अभिभावकहरुले आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरिदिएर अक्षर आरम्भ गराउने गर्दछन्।

ललितपुरको पाटनस्थित बालकुमारीमा मन्दिरमा पनि अभिभावकहरुले आफ्ना बालबालिकालाई सरस्वतीको पूजा–आराधनासहित अक्षर आरम्भ गराएका छन्। 
 

प्रकाशित मिति: : 2021-02-16 16:03:00

प्रतिकृया दिनुहोस्