के तपाई तौल घटाउदैँ हुनुहुन्छ? ध्यान दिनुहोस् यी कुरा !

बिएल संवाददाता

काठमाडाै‌ं
Times of India

शरीरको तौल कम गर्न सामान्यतया मानिसहरु आफ्नो खाना कम गर्ने गर्छन तर त्यसो गर्नु उचित होइन। बरु यसको बदलामा दैनिक खानामा पाइने क्यालोरीहरू कम गर्नु नै बुद्धिमानी हो।

यदि ५०० क्यालोरी कम भएको खानेकुरा नखाने हो भने एक हप्ता सम्ममा करिब ४०० ग्राम वजन कम गर्न सकिन्छ। तौल घटाउन, दैनिक खानामा लिइएको क्यालोरीको मात्रा कम गर्नु एकदमै धेरै आवश्यक छ।

यसको लागि यी विधिहरू अपनाउन जरुरी छ :

पानीको मात्रा बढाउनुहोस्
नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित अनुसन्धानका अनुसार दैनिक २ लिटर पानी पिउँदा अतिरिक्त ९६ क्यालोरीलाइ कम गर्न सकिन्छ। यो धेरै अनुसन्धानहरूमा पनि प्रमाणित भएको छ कि पानीले तपाईंको तौललाई नियन्त्रण गर्दछ।

अधिक प्रोटीन लिनुहोस्
एक अनुसन्धानका अनुसार प्रोटीनले पाचन सुधार गर्नुका साथै यसले मेटाबोलिक दर बढाउँदैन, र भोक पनि कम गर्दछ।

तरल क्यालोरी पहिचान गर्नुहोस्
हाम्रो दिमाग तरलको रूपमा लिइएको क्यालोरीहरू सजिलैसँग पहिचान गर्न सक्षम छैन। सोडा, जुस, चकलेट, दूध र अन्य उच्च चिनी पेय पदार्थहरुले शरीरमा अतिरिक्त मात्रामा क्यालोरी बढाँऊछ। यसबाट बच्न जरुरी छ। 

महिलाका लागि २००० क्यालोरी र पुरुषका लागि २६०० क्यालोरी
अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनका अनुसार २६(५० उमेरका औसत सक्रिय महिलालाई तौल कायम गर्न दैनिक २००० क्यालोरी चाहिन्छ।

जबकी औसत सक्रिय २६(४५ बर्षे पुरूषले लगभग २६०० क्यालोरी दैनिक उपभोग गर्नुपर्छ। बेकिंग सोडा, मैदा, सोयाबिन तेल, विभिन्न प्रकारका बजारमा पहिने मिठाई, शक्कर, जंक फूड, चिप्स, सफ्ट र कोल्ड  पेय पदार्थ, आदि खानामा प्रयोग गर्ने हो भने शरीरको तौल अझै बढ्दै जान्छ।

यी कुराहरु मा पनि ध्यान दिन एकदमै जरुरी छ। मोटाईलाइ सजिलैसँग नियन्त्रण गर्न सकिन्छ। दैनिक ३० मिनेट हिंडेर, सिढी चढेर, बेलुकाको खाना हल्का मात्रामा खाएर र घरका कामहरू गरेर पनि शरीरको तौल घटाउन सकिन्छ।  यसले शरीरको साथै दिमागलाई पनि स्वस्थ बनाउदछ ।

प्रकाशित मिति: : 2021-02-16 12:39:00

प्रतिकृया दिनुहोस्