समयअनुसार घरको भुइँ पनि विभिन्न तरिकाले सजाउने चलन आइसकेको छ। उपभोक्ताले विकल्प पनि खोजिरहेका छन्। भुइँमा कार्पेट राख्ने चलन पुरानो भइसक्यो। बरू कार्पेट हटाएरै पार्केटिङ गर्नेको संख्या बढ्दो छ।
पार्केटिङले घरलाई कलात्मक र सुन्दर राख्न सहयोग गर्छ। काठको पार्केटिङले प्राकृतिक महशुस पनि गराउने उपभोक्ताको अनुभव छ।
सफा गर्न सजिलो, चिसो-तातोमा खास असर नपर्ने, कीरा-धमिरा वा सामान्य पानीले असर नपार्ने र धेरै टिकाउ हुनेजस्ता पार्केटका विशेषताले यसलाई लोकप्रिय बनाउँदै लगेको व्यवसायीहरू बताउँछन्।
हाम्रो बजारमा मुख्यगरी तीन प्रकारको पार्केट पाइन्छ।
-पूरा काठको पार्केट।
-काठको धूलो (कुड) मा प्लास्टिक लेमिनेटेड।
-र, पिभिसी (बाक्लो प्लास्टिक) को।