बिएल संवाददाता
इंग्ल्याण्डविरुद्ध दोस्रो टेस्टको पहिलो इनिङमा १ सय ९५ रनको अग्रता बनाएको भारतले भ्रमणकारी इंग्लिस टोलीलाई ४ सय ८२ रनको लक्ष्य दिएको छ।
सोमबार तेस्रो दिनको खेल समाप्त हुँदा इंग्ल्याण्डले ३ विकेट गुमाएर ५३ रन बनाएको छ। डेन लोरेन्स र जो रुट अविजित छन्।
पहिलो टेस्ट खेलिरहेको अक्षर पटेलले प्रारम्भिक ब्याट्सम्यान डम सिबलीलाई ३ रनमा एलबीडब्लुको सिकार बनाए।
अक्षरले पहिलो इनिङमा पनि २ विकेट लिएका थिए। इंग्ल्याण्डको दोस्रो विकेट रविचन्द्रन अश्विनले लिए। उनले रोरी वन्र्सलाई २५ रनले पराजित गरे। नाइट वाचम्यानको रुपमा आएका ज्याक लिच खाता नखोली पवेलियन फर्किए। अक्षरले उनलाई आउट गरेका थिए।
टेस्टमा सर्वाधिक ठूलो लक्ष्य पछ्याउने कीर्तिमान वेस्ट इन्डिजको नाममा छ। उसले २००३ मा अस्ट्रेलियाविरुद्ध ४ सय १८ रनको लक्ष्य पुरा गरेको थियो। भारतीय भूमिमा सबैभन्दा ठूलो लक्ष्य ३ सय ८७ रनको छ।
२००८ मा भारतले इंग्ल्याण्डविरुद्ध चेन्नईको यही मैदानमा ६ विकेटको जित निकालेको थियो।
देशैभरि गड्गडाइरहेको ‘गगन’
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया