बिएल संवाददाता
इंग्ल्याण्डविरुद्ध दोस्रो टेस्टको पहिलो इनिङमा १ सय ९५ रनको अग्रता बनाएको भारतले भ्रमणकारी इंग्लिस टोलीलाई ४ सय ८२ रनको लक्ष्य दिएको छ।
सोमबार तेस्रो दिनको खेल समाप्त हुँदा इंग्ल्याण्डले ३ विकेट गुमाएर ५३ रन बनाएको छ। डेन लोरेन्स र जो रुट अविजित छन्।
पहिलो टेस्ट खेलिरहेको अक्षर पटेलले प्रारम्भिक ब्याट्सम्यान डम सिबलीलाई ३ रनमा एलबीडब्लुको सिकार बनाए।
अक्षरले पहिलो इनिङमा पनि २ विकेट लिएका थिए। इंग्ल्याण्डको दोस्रो विकेट रविचन्द्रन अश्विनले लिए। उनले रोरी वन्र्सलाई २५ रनले पराजित गरे। नाइट वाचम्यानको रुपमा आएका ज्याक लिच खाता नखोली पवेलियन फर्किए। अक्षरले उनलाई आउट गरेका थिए।
टेस्टमा सर्वाधिक ठूलो लक्ष्य पछ्याउने कीर्तिमान वेस्ट इन्डिजको नाममा छ। उसले २००३ मा अस्ट्रेलियाविरुद्ध ४ सय १८ रनको लक्ष्य पुरा गरेको थियो। भारतीय भूमिमा सबैभन्दा ठूलो लक्ष्य ३ सय ८७ रनको छ।
२००८ मा भारतले इंग्ल्याण्डविरुद्ध चेन्नईको यही मैदानमा ६ विकेटको जित निकालेको थियो।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया