जीतपुरसिमरामा तमासा : बैठक नै नडाक्ने नगरप्रमुख, भाडा खाने वडाध्यक्ष

शारदा पोखरेल

 ​जीतपुरसिमरा उपहानगर- ११ का वडाध्यक्ष विनोदप्रसाद यादवले वडा कार्यालय नै आफ्नै घरमा सञ्चालन गरेका छन्।

आफ्नै घरमा सञ्चालन गरेको वडा कार्यालयको मासिक भाडा ६ हजार ५ सय रुपैयाँ वडाध्यक्ष यादव आफैँ बुझ्छन्‌। त्यस्तैगरी कार्यपालिका सदस्य तथा वडा नं ९ की वडा सदस्य अनितादेखि चौधरीले वडा कार्यालय भवन नहुँदा एउटै कोठामा सबै कर्मचारी खाँदेर काम गनुपरेको गुनासो गरिन्।

‘कुनै बैठक बस्यो, छलफल कार्यक्रम गर्नुपर्‍यो भने एकदम गाह्रो हुन्छ, हामी स्कुलमा गएर कार्यक्रम गर्छौं,’ कार्यपालिका सदस्य चौधरीले भनिन्, ‘वडा कार्यालय भवन बनाउन हाम्रो वडामा धेरै सार्वजनिक जग्गा छ, तर नगरपालिकाले इन्जिनियर खटाएर डिजाइन र अनुमानित लागत दिन सकेको छैन।’

जीतपुरसिमरा वडा नं १४ का वडाध्यक्ष रामशरण बर्तौलाले चालू आर्थिक वर्षमा नगरपालिका अन्तर्गतको बजेटबाट प्रतिवडा १०/१० लाख रुपैयाँ मात्रै थपे सबै वडामा वडा कार्यालय भवनहरू बन्ने दावी गरेका छन्।

‘वडाले छुट्याएको बजेटबाट त ढलानसम्म पनि जान्छ कि जाँदैन, नगरपालिकाले बजेट थप गर्यो भने यसवर्ष शुरू गर्न सकिन्छ,’ वडाध्यक्ष बर्तौलाले भने

नगरपालिका अन्तर्गत राखिएको १ अर्ब बजेट नगरप्रमुख र उपप्रमुखले आफ्ना कार्यकर्ता पाल्न र आफूअनुकूल खर्च गर्ने राखेको वडाध्यक्षहरूले गुनासो गरेका छन्।

 

 

प्रकाशित मिति: : 2021-02-15 13:06:00

प्रतिकृया दिनुहोस्