निर्वाचन आयोगले सबै दलहरूलाई बोलायोआचारसंहिताबारे छलफल गर्न

बिएल संवाददाता

काठमाडाै‌ं

निर्वाचन आयोगले आचारसंहिताबारे छलफल गर्न सबै दलहरूलाई बोलाएको छ।

आयोगले निर्वाचन आचारसंसहिता मस्यौदा तयार पारिसकेको भन्दै दलहरुसँग छलफल गर्न बोलाएको हो। 

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आचारसंहिताको मस्यौदामा राय परामर्श लिन आईतबार दलहरुलाई बोलाइएको जानकारी दिए।

छलफलका लागि आयोगले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवास लगाएतका  सबै दलका पार्टीका अध्यक्ष तथा सभापतिहरुलाई बोलाएको छ।

दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगले जनाएको छ।

सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको छ।
 

प्रकाशित मिति: : 2021-02-14 10:35:00

प्रतिकृया दिनुहोस्