'माओवादी एमालेमा पतनको उपज अहिलेको परिणाम'

आयोमेल

काठमाडौँ

राजेन्द्र गाैतम

धर्मेन्द्र बाँस्तोला (कन्चन) ‘विप्लव’ नेकपाका पश्चिम कमाण्ड इन्चार्ज एवं सचिवालय सदस्य हुन। अहिले उनी इलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेका छन्। गत माघ २२ गते सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत बाँस्तोलालाई रिहा गर्न आदेश दिएपनि त्यसलगत्तै प्रहरीले उनलाई ललितपुरबाट पुनः पक्राउ गरेको थियो। विप्लव नेतृत्वको नेकपाका तेस्रो बरियताका नेता बाँस्तोला विसं२०३६ सालदेखि राजनीतिमा होमिएका हुन्। उनी अहिले ६० वर्ष पुगे। उमेरले बुढो भएपनि  आन्दोलनले त्यस्तो सोच्ने मौका नदिएको उनी बताउँछन्। स्नातकसम्म अध्ययन गरेका बाँस्तोला अहिले मुलुकमा देखिएको संकट पूर्वएमालेमा माओवादी विलिन भएको कारण देख्छन्। उनै बाँस्तोलासँगआयोमेलका लागि राजेन्द्र गौतमले गरेको कुराकानी 

तपाईंहरुको आन्दोलन किन?

हाम्रो पार्टी नेकपा माओवादीको जारी आन्दोलन आफूहरु (व्यक्ति) को नभई जनताको विषय हो। देशको समग्र समस्याको हल गर्न हो। कालगतिले नै मरियो भने पनि यो आन्दोलन कसैन कसैले पूरा गर्नेमा म विश्वस्त छु। यो आवश्यकता हो, रहर होइन।

अहिलेको देशको अवस्थालाई कसरी हेर्नुभएको छ?

देश अहिले संकटपूर्ण अवस्थामा रहेको छ। त्यसको समाधान सही ढंगमा नगरिए मुलुक विदेशीको चलखेल स्थल बन्ने पक्का छ। देशको अहिलेको समस्या प्रक्रिया पुर्‍याएर टुङ्ग्याउनु पर्छ। समाधान गरिनु पर्छ। नत्र मुलुकमा विदेशीको चलखेल हुन्छ, मुलुकमा सधैं विदेशीको बुट बजारिने छ, नेपाली जाती जिप्सी जातीजस्तै बन्ने खतरा पनि उत्तिकै छ।

प्रकाशित मिति: : 2021-02-13 13:55:00

प्रतिकृया दिनुहोस्