नेपाल टेलिकमको वित्तीय विवरण

बिएल संवाददाता

काठमाडाै‌ं
फाइल तस्बिर

नेपाल टेलिकमले आ.व २०७७/७८ को द्वितीय त्रैमासिकको वित्तिय विवरण जारी गरेको छ।

१. चालु आ.व को प्रथम त्रैमासिकमा कूल सेवा वापतको आय रु ८,६३५,३४०,०४१ रहेकोमा चालु आ.व को द्वितीय त्रैमासिक     अवधिमा कूल सेवा वापतको आयमा रु ४५४,२३३,४२१ ले वृद्धि भई रु ९,०८९,५७३,462 रहयो। 

२.गत आ.व को द्वितीय त्रैमासिक अवधिमा कूल सेवा वापतको आय रु ८,९९८,७२९,२९९ रहेकोमा आ.व को द्वितीय त्रैमासिक अवधिमा कूल सेवा वापतको आयमा रु ९०,८४४,१६२ले वृद्धि भई रु ९,०८९,५७३,४६२ रहयो। 

३. चालु आ.व को प्रथम त्रैमासिकमा खुद मुनाफा  रु १,५१७,७६९,३८१ रहेकोमा चालु आ.व को द्वितीय त्रैमासिक अवधिमा खुद मुनाफा रु २५३,८५५,६९७ ले  वृद्धि भई रु १,७७१,६२५,०७९ रहयो। 

४. गत आ.व को द्वितीय त्रैमासिक सम्म (पहिलो अर्धवार्षिक) मा कूल सेवा वापतको आय रु १८,०३९,५७६,०८९ रहेकोमा चालु आ.व को सोहि अवधिमा कूल सेवा वापतको आयमा १।७४ प्रतिशतले कमी आई  रु १७,७२४,९१३,५०३ रहयो। 

* गत आ.व को द्वितीय त्रैमासिक सम्म (अर्थात् पहिलो अर्धवार्षिक) को कूल आयको तुलनामा चालु आ.व को सोहि अवधि   सम्मको कूल आयमा कमी आउनुका कारणहरुः 

क. विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण व्यापार व्यवसायमा प्रत्यक्ष असर पर्यो। 

ख. बैंक तथा वित्तिय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको प्रथम त्रैमासिकको तुलनामा चालु आ.व को सोहि अवधिमा घटेर व्याज आम्दानीमा करिब रु २० करोड ७४ लाखले कमी आयो।

ग. महामारीको समयमा ग्राहकलाई लक्षित गरी कम्पनीले निकै कम मूल्यमा 'डेटा प्याक' उपलब्ध गरेको थियो। जसको असर अघिल्लो आ.व को प्रथम त्रैमासिकको तुलनामा 'कन्जपशन' बढेतापनि राजश्वमा कमि आयो। 

घ. महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको अभुतपूर्व गिरावट तथा ओटिटी को वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्दता सेवामा भरि गिरावट।

उल्लेखित प्रत्यक्ष असरका अतिरिक्त समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि तथा विदेशी मुद्रा सटहि दरमा आएको परिवर्तनका कारण व्ययभार बढ्न गई मुनाफामा असर परेको टेलिकमले जनाएको छ। 

प्रकाशित मिति: : 2021-02-12 13:21:00

प्रतिकृया दिनुहोस्