काठमाडौं उपत्यकामा फेरि फैलियो बर्ड फ्लु

बिएल संवाददाता

काठमाडाै‌ं
Photo - Agricsite.com
Photo - Agricsite.com

पशु सेवा विभागले काठमाडौंको तार्केश्वर नगरपालिकामा बर्ड फ्लु प्रमाणित भएको पुष्टि गरेको छ।

विभागका अनुसार, तार्केश्वर नगरपालिका वडा नम्बर १ मा किसानले पालेको हाँसमा बर्ड फ्लु प्रमाणित भएको हो।

१५ दिन अघि पनि सोही नगरपालिकाको फुटुङमा माघ १६ गते पनि बर्ड फ्लु प्रमाणित भएको थियो।

‘तार्केश्वर नगरपालिका वडा नम्बर १ मा किसानले पालेको हाँसको नमूना केन्द्रीय पशुपंछी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा मिति २०७७/१०/२७ गते बर्ड फ्लु रोग प्रमाणित भएको छ’, विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विभागले संक्रमण फैलनसक्ने घरपालुवा पंक्षी नष्ट गरिएको पनि जनाएको छ। 

हेर्नुस् विज्ञप्ति

प्रकाशित मिति: : 2021-02-12 12:30:00

प्रतिकृया दिनुहोस्