विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान : राष्ट्रपति भण्डारी

बिएल संवाददाता

काठमाडाै‌ं
File Photo
File Photo

राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताएकी छन्। सोनाम ल्होसार, २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उनले विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यी चाडपर्वले दिएको स्पष्ट पारिन्।

सोनाम ल्होसारको अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारीले शुभकामना सन्देश दिँदै नेपालीबीचको एकता, सदभाव र सहिष्णुता कायम गरी समृद्ध नेपाल निर्माणमा सबैलाई प्रेरणा मिलोस भनेर कामना गरेकी छन्।

राष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, ‘विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र समूल्य सम्पदा हो। विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यस्तै चाडपर्वले दिएका छन्। यी पर्वले हाम्रा मौलिक संस्कृति प्रवद्र्धन, सामुदायिक ऐक्यबद्धता र सामाजिक सदभाव अभिवृद्धि गर्न र बृहत राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।’

सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।

यस पर्व तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशलगायत देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले आ–आफ्नै शैली र परम्पराअनुसार मनाउँदै आएको पाइन्छ।  

प्रकाशित मिति: : 2021-02-12 07:08:00

प्रतिकृया दिनुहोस्