विराटनगरमा मधुमेह रोगीका लागि निःशुल्क स्वास्थ्य परीक्षण

The week

विराटनगर महानगरपालिकाले मधुमेह रोगीका लागि निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्न प्रयोगशाला सञ्चालनमा ल्याएको छ।

विराटनगर–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा रहने गरी स्थानीयवासीलाई निःशुल्करुपमा सेवा उपलब्ध गराउन महानगरपालिकाले आजदेखि  प्रयोगशाला सञ्चालनमा ल्याएको हो। उक्त प्रयोगशालाको उद्घाटन महानगरका प्रमुख भीम पराजुलीले गरेका थिए। 

'महिलालाई सुरक्षित प्रसुतीका लागि नगरभित्र निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिरहेको छ' महानगरका प्रमुख पराजुलीले भने। 

प्रकाशित मिति: : 2021-02-10 21:14:00

प्रतिकृया दिनुहोस्