हजुरबुवालाई भजन, बालाई किशोरकुमार, उनलाई स्लो-रक (भिडिओ)

सेतोपाटी

काठमाडौँ

प्रभाकर गौतम/सुसन चौधरी

एसएलसीपछिको फुर्सदमा टेकोचा, भक्तपुरका युभिन शाही खड्गी र सुरज दुवाल नियमित भेट्थे।

उनीहरू बच्चैदेखिका साथी हुन्। युभिन गाउन मन पराउँथे, सुरज गितार बजाउँदा रमाउँथे। अरूका गीत संगीत गाउँदै-गुनगुनाउँदै चालै नपाई उनीहरू आफ्नै धुन बनाउन थाले। त्यही धुनमा शब्द कोरे अनि गीत गाउन थाले।

यो प्रक्रियामा मीनभवन, काठमाडौंका ओम श्रेष्ठ र सल्लाघारी भक्तपुरका सौगात लामा थपिए। उनीहरू दुईबाट चार भए। ओम ड्रमर र सौगात गितारिस्ट हुन्। अनि जन्म्यो, 'द कल्चर किङ्स'। 

सेतोपाटी गितार सेसनमा यही ब्यान्डको प्रतिनिधित्व गर्दै युभिन शाही खड्गीले आफू र आफ्नो ब्यान्डको संगीत यात्राबारे जानकारी दिए।

युभिनको खास नाम अभिषेक हो। पाटनमा जन्मेका उनको बसाइ भक्तपुर मामाघरमा भयो। संगीतमा लाग्नुमा युभिनको घरेलु परिवेशले पनि भूमिका खेलेको रहेछ। 

प्रकाशित मिति: : 2021-02-06 21:48:00

प्रतिकृया दिनुहोस्