सडकमा ‘निर्दलीय’ नयाँ पुस्ता

अनलाइनखबर

काठमाडौँ

विश्वास खड्काथोकी

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सडकमा विभिन्न पक्षबाट आन्दोलन भइरहेका छन् । नेपाली कांग्रेस, नेकपाको प्रचण्ड-माधव समूह र विवेकशील साझा पार्टी मात्र सरकारको विरोधमा छैनन्, कुनै पार्टीमा आवद्ध नभएका नयाँ पुस्ताका निर्दलीय किशोर-किशोरीहरु पनि महिनौंदेखि सरकारविरुद्ध सडकमा शान्तिपूर्ण प्रदर्शनमा उत्रँदै आएका छन् । भलै, चुनाव भयो भने यी नयाँ पुस्ताका आन्दोलनकारीले कुन दललाई भोट हाल्छन्, अहिलेसम्म पत्तो छैन ।

‘पोलिटिकल लिट्रेसी फर वुमेन’ की अध्यक्ष प्रकृति भट्रराई अब किशोरीहरु आन्दोलनमा आउनुपर्ने भन्दै दिनहुँजसो राजनीतिक अभियानमा छिन् । उनको समूहले महिलालाई राजनीतिमा आउन उत्प्रेरणा दिइरहेको छ । प्रकृतिको समूहका २५ जना युवतीले निर्मला पन्तको बलात्कार काण्डदेखि केपी ओलीको संसद विघटनको कदमविरुद्ध सडकमा ‘फ्ल्यास मोभ’ गरिरहेका छन् ।

प्रकाशित मिति: : 2021-02-06 15:09:00

प्रतिकृया दिनुहोस्