अस्पतालबाट डिस्चार्ज भए नेता झा

विजय साह

जनकपुर
File Photo
File Photo

नेकपा प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्य रामचन्द्र झाको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

बिहिबार प्रहरीसँगको झडपमा गम्भीर घाइते भएर काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार गराइरहेका नेता झा शुक्रबार साँझ डिस्चार्ज भएका हुन्। 

नेकपा प्रचण्ड–माधव समूहले बिहिबार देशभर आमहड्तालको घोषणा गरेको थियो। आमहड्ताललाई सफल बनाउन नेता झा सहितकाे समूहले प्रदर्शनकाे क्रममा जनकचोकमा एक भ्यानलाई रोक्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको थियो। 

झडपमा प्रहरीले चलाएको लाठको लागेर नेता झाको टाउको तथा शरिरको विभिन्न भागमा गम्भीर चोट पुगेको थियो।जनकपुरमा  झाको उपचार सम्भव नभएपछि थप हवाइजहाजमार्फत काठमाडौं लगिएको थियो।  

उपचारमा संलग्न चिकित्सकले स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको र केहीदिन आराम गर्न सल्लाह दिएको उनी निकट तथा पार्टीको केन्द्रीय सदस्यसमेत रहेका सुधीर साहले जानकारी दिए। 

साेही झडपमा परी घाइते भएका पूर्वमन्त्री मातृकाप्रसाद यादव, बिदेह नगरपालिकाका नगर प्रमुख उदय बरबरिया पनि डिस्चार्ज भइसकेको छ। यता नेता प्रदिप साहको अवस्था गम्भीर भएकोले उपचारमै रहेको साहले बताए।

प्रकाशित मिति: : 2021-02-05 19:34:00

प्रतिकृया दिनुहोस्