संवैधानिक परिषद्‍‌विरुद्धको रिट लिएर आफैँ सर्वोच्च पुगे सभामुख

Photo - Agni Sapkota FB
Photo - Agni Sapkota FB

संवैधानिक निकायमा भएको नियुक्तविरुद्ध रिट लिएर सभामुख अग्निप्रसादसापकोटा सर्वोच्च अदालत पुगेका छन्।

संवैधानिक निकायका नियुक्ति असंवैधानिक भएकाले खारेजीको माग गर्दै सभामुख सापकोटा रिट निवेदन दर्ता गरेका छन्। उनी आफैँ सर्वोच्च पुगेर रिट निवेदन दर्ता गरेकाे सर्वोच्चका संचार विज्ञ किशोर पौडेलले जानकारी दिएका छन्। उनका अनुसार अहिले दर्ता प्रकृया अघि बढाइएको छ।

सभामुख सापकोटाले निवेदनमा स‌ंवैधानिक परिषद्को पुस ५ गतेको निर्णय बदर गर्न माग गरेका छन्। उनले यसअघि नै प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश गैरसंवैधानिक भएको बताएका थिए। 

पद तथा गोपनियताको सपथ लिएसँगै संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुले पदभारसमेत ग्रहण समेत गरिसकेका छन्। सभामुखसहित नेत्री शशी श्रेष्ठ, रामकुमारी झाक्रीगायतका नियुक्ति बदर गर्न माग गर्दै अदालत पुगेका छन्।

प्रकाशित मिति: : 2021-02-05 11:57:00

प्रतिकृया दिनुहोस्