शीतल निवासमा नागरिक समाजको मार्चपास

बिएल संवाददाता

काठमाडाै‌ं

नागरिक समाजले शुक्रबार विहान शीतल निवास नजिकै आन्दोलनको मार्चपास गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अवैधानिकरुपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै विरोधमा उत्रिएको नागरिक समाजले मार्चपास गरेको हो।

नागरिक समाजका अगुवाहरुले बिहान पद्यरत्न तुलाधर निवारबाट सुरु भएको मार्चपास लैनचौर, पानीपोखरी हुँदै शीतल निवास निषेधित क्षेत्रसम्म पुगेको थियो। 

संसदीय सुनुवाइ बिनै विभिन्न संवैधानिक निकायका पदाधिकारीलाई बुधबार शितल निवासमा सपथ खुवाइएको थियो।

प्रकाशित मिति: : 2021-02-05 09:40:00

प्रतिकृया दिनुहोस्